२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4793

नेकपा गुल्मीद्धारा महाधिवेशनको प्रचार प्रसार

नेकपा गुल्मीद्धारा महाधिवेशनको प्रचार प्रसार

बुधवार, भाद्र १ २०७९
बुधवार, भाद्र १ २०७९
  • गुल्मी । नेकपा गुल्मीद्धारा पार्टीको ९ औं महाधिवेशनको प्रचार प्रसार सुरु गरेको छ । जिल्लाको धुर्कोटबाट सुरु गरेको प्रचार प्रचार जिल्ला सदरमुकाम तम्घासमा पनि गरेको छ । 

    जिल्ला प्रशासन कार्यालय अगाडी नेकपाले महाधिवेशनको पोष्टरिङ गरेको छ । जिल्लामा नेकपाले महाधिवेशनको प्रचारका लागी वालिङ, पर्चा वितरण, पोस्टर, राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ । 

    नेकपाले महाधिवेशनको तयारी स्वरुप जिल्लामा टोल, वडा, गाउँ नगरको भेला सम्मेलन गरिरहेको छ । यसक्रममा विभिन्न जबस मोर्चाहरुको भेला सम्मेलन तथा पार्टी सदस्य नवीकरण, आवेदन, प्रशिक्षणहरुलाई सञ्चालन गरिरहेको छ । 

    एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइँमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं भन्ने मूलनारा सहित असोज १ गते काठमाडौंमा ९औं महाधिवेशन हुँदैछ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij