पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत प्रधानमन्त्रीलाई ४ बुँदे मागपत्र पेश गरेको छ ।
देउवा–प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ३ बुँदे सहमति उलंघन गर्दै नेकपाका महासचिव विप्लवलगायत नेता कार्यकर्ता विरूद्व जारी गरिएको पक्राउ पुर्जी, नेता कार्यकर्ताको रिहाई, झुठा मुद्वा खारेज र महंगी एवं एमसीसी, एसपिपी परियोजना बढ्दो महंगी अन्त्यको माग गर्दै चार कम्युनिस्ट पार्टीहरूद्वारा चरणवद्व सङ्घर्षका कार्यक्रम घोषणा गरिएको थियो सोही कार्यक्रम अनुसार भाद्र १ गते मागपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य एवं पाल्पा गुल्मी इन्चार्ज अपेक्षाको नेतृत्वमा नेकपाका पाल्पा जिल्ला सेक्रेटरी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
