बुटवल । नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट पार्टीद्वारा जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ४ बुँदे मागपत्र पेश गरेका छन् ।
देउवा–प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ३ बुँदे सहमति उलंघन गर्दै नेकपाका महासचिव विप्लवलगायत नेता कार्यकर्ता विरूद्व जारी गरिएको पक्राउ पुर्जी, नेता कार्यकर्ताको रिहाई, झुठा मुद्वा खारेज र महंगी एवं एमसीसी, एसपिपी परियोजना बढ्दो महंगी अन्त्यको माग गर्दै चार कम्युनिस्ट पार्टीहरूद्वारा चरणवद्व सङ्घर्षका कार्यक्रम घोषणा गरिएको थियो सोही कार्यक्रम अनुसार भाद्र १ गते (आज) मागपत्र बुझाएको हो ।
नेकपाका जिल्ला नेता बिरेन्द्र बि.कले जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई माग पत्र वाचन गरेर सुनाएका थिए भने मागपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी भरतमणी उपाध्यायले मागपत्र प्रधानमन्त्रि र मन्त्रिपरिषदको कार्यालयसम्म पुर्याउने प्रतिवद्वता गरे ।
माग पत्र बुझाउन नेकपाका जिल्ला नेताहरु नविन थारु,बिरेन्द्र बि.क.शिशिर,एनबी साही,विष्णु बेलवासे लगायत जिल्लाका नेता कार्यकर्ता सहभागि थिए भने,नेकपा माओवादी समाजवादीका विनोद उपाध्याय, इश्वरचन्द्र चमार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकुन्तला गैरे, भगवति नेपाली सहभागी भएका थिए ।

