२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा गल्मीको धुर्कोट गाउँपालिका अन्तर्गत नयाँ...
--4787

नेकपा गल्मीको धुर्कोट गाउँपालिका अन्तर्गत नयाँ गाउँ र पिपलधाराको वडा सम्मेलन सम्पन्न

नेकपा गल्मीको धुर्कोट गाउँपालिका अन्तर्गत नयाँ गाउँ र पिपलधाराको वडा सम्मेलन सम्पन्न

नयाँ गाउँ सेक्रेटरीमा इन्द्र र पिपलधारा सेक्रेटरीमा सुर्य निर्वाचित

बुधवार, भाद्र १ २०७९
बुधवार, भाद्र १ २०७९

  • बुटवल । नेकपा गुल्मी अन्तर्गत धुर्कोट गाउँपालिका नयाँ गाउँ र पिपलधाराको वडा सम्मेलन सम्पन्न भएको छ ।

    सम्मेलनले वडा न. १ नयाँ गाउँमा कमरेड इन्द्रको नेतृत्वमा ९ सदस्यीय वडा कमिटि निर्माण भएको छ भने वडा न. २ पिपलधारामा कमरेड सुर्यको नेतृत्वमा ९ सदस्यीय वडा कमिटि निमार्ण भएको छ ।  

    दुइ स्थानमा भएको भेलालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी सुमनले देउवा सरकारले अघोषित रुपमा ३ बुँदे सहमति भंग गरेर अशान्ति मच्चाउन खोजेको भन्दै दलाल राज्यसत्ताको दमनले क्रान्ति नरोकिने र पार्टी नझुक्ने बताउदै यसका विरुद्ध शसक्त प्रतिरोध गरिने बताए ।

    सेक्रेटरी सुमनले आसन्न  दलाल संसदीय व्यवस्थाको अन्त्य नहुँदासम्म नेपाली जनताका आवश्यकता पूरा नहुने कुरा बताउँदै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रामा सबै लामबद्व हुनुपर्ने बताए ।  

    उनले पार्टीको नवौं महाधिवेशन लक्षित कार्यक्रममा  सहभागी हुन र  महाधिवेशन भब्यरुपमा सफल पार्न आग्रह समेत गरे । 
    कार्यक्रममा नेकपाका जिला सदस्यहरु बसन्त गैरे,बिनोद पोखरेल,तारा बस्नेत,चन्द्र सुनारले नव निर्वाचित कमिटिलाई सुभकामना प्रशिक्षणात्मक मनतब्य राखेका थिए । 

    कार्यक्रम सुर्यको सञ्चालन र इन्द्रको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij