बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सियारि गाउँ पालिकाको भेला सम्पन्न गरेको छ ।
भेलाले दिपक पराजुलिको नेतृत्वमा ११ सदस्यीय गाउँकमिटि निमार्ण गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता तथा रुपन्देही ३ न.कमाण्ड इन्चार्ज नविन थारुले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रती इमान्दार भएको तर राज्यले बेइमानी गरेको भन्दै पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएतका नेता कार्यकर्ता माथीको पक्राउ पुर्जीका विरुद्ध पार्टीले डटेर सामना गर्ने बताए ।
नव निर्वाचित समितिलाई शुभकामना दिँदै जिल्ला सदस्य तथा सैनामैना नगर सेक्रेटरी वर्षा जि.सिले संगठन विस्तार र संगठन सुदृढीकरण अभियानलाइ तिब्र रुपमा सञ्चालन गर्न र पार्टीको नवौं महाधिवेशन लक्षित कार्यक्रममा सहभागी हुन र महाधिवेशन भब्यरुपमा सफल पार्न आग्रह गरिन् ।
नेकपाका जिल्ला सदस्य तथा कञ्चन,सुद्वोधन गाउँपालिका सेक्रेटरी मुकेशको अध्यक्षतामा भएको भेलाको सञ्चालन दिपक पराजुलिले गरेका थिए ।
