२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिकाको दोस्रो...
--4780

नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिकाको दोस्रो भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिकाको दोस्रो भेला सम्पन्न

आइतवार, श्रावण २९ २०७९
आइतवार, श्रावण २९ २०७९
  • निरुता बि.क गोरखा । नेपाल कम्युनिस्ट पार्टी गोर्खा जिल्ला अन्तरगत गोरखा नगरपालिकाको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले कृष्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

    भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य उमा भुजेलले आफ्नो पार्टी तीन बुँदे सहमति प्रती इमान्दार भए पनि राज्यले राजनीतिक बेइमानी गरेको बताइन् । पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएतका नेता कार्यकर्ता माथीको पक्राउ पुर्जीका विरुद्ध पार्टीले डटेर सामना गर्ने समेत भुजेलले बताइन् ।

    कार्यक्रममा जिल्ला सेक्रेटरी कपिल भट्ट, विशेष समिती सदस्य योगेन्द्र कुमाल, सहिद भीष्म कुमालको श्रीमती मैतिदेबी कुमाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने बधाई मन्तव्य युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला संयोजक रण बहादुर गुरुङले राखेका थिए ।

    त्यस्तै गरि भेलाको सञ्चालन सुजन गुरुङ र अध्यक्षता कृष्ण बहादुर अधिकारीले गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij