२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा बुटवल महानगर पालिका वडा न.१२...
-.--4776

नेकपा बुटवल महानगर पालिका वडा न.१२ को सम्मेलन सम्पन्न,शेर बहादुर खड्का सेक्रेटरीमा चयन

नेकपा बुटवल महानगर पालिका वडा न.१२ को सम्मेलन सम्पन्न,शेर बहादुर खड्का सेक्रेटरीमा चयन

शनिवार, श्रावण २८ २०७९
शनिवार, श्रावण २८ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल महानगर समिति वडा न १२ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेर बहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

    सम्मेलनमा बोल्दै नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्दार्थ नगरका इन्चार्ज बिरेन्द्र बिकले दलाल संसदीय व्यवस्थाका कारण जनताको जीवन कष्टकर भएको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताए ।

    उनले महंगी भ्रष्टाचार र सामाजिक अपराध अत्यधिक बढेको बताउदै यसका विरुद्ध पार्टीले दृढतापूर्वक संघर्ष गर्नुपर्ने र श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको भन्दै त्यसका लागी एकीकृत जनक्रान्ति जरुरी रहेको बताए ।

    सम्मेलनमा नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही लगायतको उपस्थिति रहेको थियो।
    सम्मेलन शेर बहादुर खड्काको सञ्चालन र अध्यक्षतामा सम्पन्न भएको थियोे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij