२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • अछामको ढकरी गाउपालिका कर्मचारी विहिन :...
--4773

अछामको ढकरी गाउपालिका कर्मचारी विहिन : सेवाग्राही मर्कामा

अछामको ढकरी गाउपालिका कर्मचारी विहिन : सेवाग्राही मर्कामा

शनिवार, श्रावण २८ २०७९
शनिवार, श्रावण २८ २०७९
  •  अछाम । अछामको ढकरी गाउँपालिकामा कार्यालय प्रमुख देखि अन्य शाखामा कार्यरत कर्मचारीहरु कार्यालयमा नहुँदा स्थानिय सेवाग्राहीहरु अफ्ठ्यारोमा परेका छन। निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट,शिक्षा शाखा प्रमुख टेकनारायण पौडेल , सुचना शाखा प्रमुख विक्रम वोहरा लगायत गाउँपालिकामा कार्यरत कर्मचारीहरु बिदा नलिइकनै आ–आफ्नो निजि कामतिर रहेकोले गाउँपालिकाले नियमित र आपत्कालिन समयमा प्रवाह गर्नुपर्ने सेवाहरु प्रभावित भएका हुन।

     बर्खाको बेला बाढिपहिरो लगायतका समस्याहरु आइराख्छ्न ,जनताका अन्य नियमित र भैपरी आउने कामहरु हुन्छ्न ,यस्तो बेला सेवा प्रवाह गर्ने जिम्मेवारी लिएका कर्मचारीहरु कार्यालयमा नबस्ने र सेवाग्राही मर्कामा परेको जन गुनासो आएपछी हामिले अनुगमन गर्यौ तर त्यहाँ निमित्त कार्यालय प्रमुख लोकेन्द्र बोगटी र कार्यालय सहयोगिहरु मात्रै भेट्यौं ,हामिले अनुगमनको क्रममा प्राप्त गरेका तथ्यहरुलाई सामाजिक सञ्जालमा भिडियो सहित सार्वजनिक गरेका छौ , स्थानिय समाजसेवी तथा नेपाल कम्युनिस्ट पार्टी ढकारीका इन्चार्ज कविन्द्र शाहिले भने।

    उनले थपे,जनगुनासो आएपछी हामिले स्थानीय जनता सहित अनुगमन गर्यौ, सर्वप्रथम सम्वन्धित सरोकारवालाहरुको ध्यान जावस ,यदि समयमै समस्या समाधान नभए जनताले आन्दोलन गर्छन र हामी त्यसको नेतृत्व गर्छौ।

     स्थानीयहरुले बिहिबार गाउपालिका कार्यालयमा गइ गरियको अनुगमनको क्रममा सार्वजनिक गरियको भिडियोमा कार्यालय प्रमुख देखि अन्य कर्मचारीहरु कार्यालयमा नभएको प्रस्ट देख्न सकिन्छ भने निमित्त कार्यालय प्रमुखले देखायको बिबरण अनुसार, कार्यालय प्रमुख राजेन्द्र भाट श्रावण ५ गते बाट बिदा बिनै बाहिर रहेको देखिन आउँछ, शिक्षा शाखा प्रमुख टेकनारायण पौडेलले एकै चोटी १ महिनाको विदाको निवेदन दियको देखिन्छ तर उनी २ महिना देखि कार्यालयमा अनुपस्थित देखिन्छ्न भने  सुचना शाखाका प्रमुख विक्रम बोहराले  श्रावण ११ देखि २१ सम्म बिदाका लागि निवेदन दिएको भएपनी उनी अझै कार्यालय आएका छैनन। यस्तै अन्य कर्मचारीहरु पनि धेरै दिन देखि कार्यालय बाहिर रहेकोले सेवा प्रवाहमा लापरबाही भएको कुरा एक स्थानीयले जानकारी दिएका छन।

    जनतालाई आइपर्ने दैनिक समस्या समाधान गर्न जनताको घर दैलोको सरकार भनिएको स्थानीय तहमा यसरी बिदा बिनै बाहिर बस्ने कुरा एकातिर कानुनी प्रक्रिया सम्वत समेत छैन भने अर्कातिर गैर जिम्मेवार तथा पदिय जिम्मेवारीको दुरुपयोग समेत हो, यसबारे प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनीलाई फोन सम्पर्क गरि बुझ्दा उनले,यसबारे आफुलाई केही थहा नभएको र छिट्टै बुझेर मात्रै बताउन सकिने , भनेर जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij