निरुता बि.क (कास्की), पोखरा | पोखरामा महादिवेशनको पूर्व तयारिमा नेपाल कम्युनिष्ट पार्टी लागेका बेला विभिन्न मोची, इकाई, नगरको भेला सम्पन्न गर्दै आएको छ। सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टिको भाद्री संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २३औ जिल्ला सम्मेलन आयोजक समितिको विस्तारीत बैठक पोखराको अमरसिंह माध्यमिक विद्यालयमा समान्न भएको हो। बैठकमा विभिन्न मोर्चाका संयोजक तथा सदस्य लाई अतिथिको रूपमा आमन्त्रित गरिएको थियो भने विशिष्ट अतिथिको रूपमा सोहि संगठनका केन्द्रीय सदस्य एवमं गण्डकी प्रदेश ईन्चार्ज क. प्रकाश वास्तोला र प्रमुख अतिथिको रूपमा नेपाल कम्युनिष्ट पार्टिका कास्की जिल्ला इन्चार्ज क. काजि गुरुङ उपस्थित हुनुहुन्थ्यो ।
बैठकको आधिकारिकता गहन गर्दै सम्पुर्ण राष्ट्रवादी आन्दोलनका सहिद प्रति श्रदान्जली र बेपत्ता ,घाइते प्रति सम्मान प्रदान गरिएको थियो । परिचय तथा अनुभुति राख्ने चरण सकिए लगतै संगठनको परिपत्र आयोजक समीतिका संयोजक तथा उक्त बैठकका संचालक क. पुराण पुनले बाचन गर्नु भएको थियो । प्रशिक्षण दिने क्रममा विशिष्ट अतिथिले "सम्पुर्ण विद्यार्थिका समसामहिक समस्या हल गर्ने संगठनका रूपमा चिनिनु पर्ने र सच्चा क्रान्तिकारी बन्नुपर्ने " भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो। प्रशिक्षण दिदै काजि गुरुङले " नेपालको आन्दोलन क. पुष्पलाल देखी सुरुहुदै आएको हो र आज देशको स्वाभिमान बचाउने मोर्चा हाम्रो हातमा आएको छ। साँच्चै असल, अग्रगामी नेता बन्ने हो भने विद्यार्थी राजनिती उपयुक्त सुरुवात हो । देशका परिवर्तनकारी आन्दोलन विद्यार्थी जिवनको प्रयास र बलिदानबाट लेखीएको छ ।" भन्दै नेपालका दस बर्षे जनयुद्धका पहिलो सहिद १४ बर्सिय दिल बहादुर रम्तेललाई स्मरण गर्दै " फेरी देशलाई परिवर्तन गराउने जिम्मा विद्यार्थीको काधमा आएको र सबैले आआफ्नो शैक्षीक क्षेत्र सँगै राजनैतिक जिवनलाई पनि ध्यान दिनु" भन्दै प्रोत्साहन दिनुभएको थियो ।
कार्यक्रममा सम्मेलनका लागी बिभिन्न जिम्मेवारी बाँडफाँड गर्दै भाद्र महिना भित्र सम्मेलन सम्पन्न गर्ने निर्णयका साथ बैठक समापन गरियो ।
