२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • ‘ठूलो लुम्पेकमा अध्ययन संस्कृति’ र ‘गाउँमा...
--4764

‘ठूलो लुम्पेकमा अध्ययन संस्कृति’ र ‘गाउँमा सामाजिक सञ्जालको प्रयोग’ बिषयक विमर्श

‘ठूलो लुम्पेकमा अध्ययन संस्कृति’ र ‘गाउँमा सामाजिक सञ्जालको प्रयोग’ बिषयक विमर्श

आइतवार, श्रावण २२ २०७९
आइतवार, श्रावण २२ २०७९
  • गुल्मी । सत्यवती गाउँपालिका ठूलो लुम्पेकमा ‘ल्हुम्पेक कला तथा साहित्य यात्रा’ अन्तर्गत शनिबार ‘ठूलो लुम्पेकमा अध्ययन संस्कृति’ र ‘गाउँ र सामाजिक सञ्जाल’ बिषयक विमर्श सम्पन्न भएको छ । 

    कार्यक्रममा अध्ययन संस्कृतिबारे अवधारणा प्रस्तुत श्री धर्मपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर राहादी मगर र शिक्षक कृष्ण पुलामीले गर्नुभएको थियो भने गाउँ र सामाजिक सञ्जाल बिषयक अवधारणा पत्र प्रस्तुत शिक्षक एवं साहित्यकार प्रदीप राहादी मगरले गर्नुभएको थियो । 

    अवधारणा पत्रमा ठूलो लुम्पेकमा अध्ययन संस्कृतिको परम्परा, वर्तमान अवस्था र आगामी योजनाबारे प्रस्तुत गरिएको थियो भने गाउँमा सामाजिक सञ्जालको प्रयोगको अवस्था, यसका सकरात्मक र नकरात्मक प्रभाव र यसलाई प्रयोग गर्दा ध्यानदिनुपर्ने बिषयहरुबारे छलफल गरिएको थियो । 

    अवधारणापत्र माथि टिप्पणी खोमा तरामु मगर, टिका राना, जितु तरामु मगर, तेजकुमारी थापाले गर्नुभएको थियो । गुणदेव सिंजालीको अध्यक्षता र सञ्चालनमा भएको कार्यक्रममा राजनीतिक, सामाजिक क्षेत्रका बुद्धिजीवी, शैक्षिक व्यक्तित्व, साहित्यकार, सामाजिक अगुवा, जनप्रतिनिधि, श्री धर्मपुर माध्यमिक विद्यालय र श्री भानु आधारभूत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

    बिषयगत शृंखला अन्तर्गत आगामी शृंखला भदौ ४ गते हुने यात्राका संयोजक गुणदेव सिंजालीले बताउनुभएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij