२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • १नम्बर प्रदेश स्तरीय बिरोध सभा प्रदेश...
--4763

१नम्बर प्रदेश स्तरीय बिरोध सभा प्रदेश एकको राजधानी बिराटनगरमा सम्पन्न 

१नम्बर प्रदेश स्तरीय बिरोध सभा प्रदेश एकको राजधानी बिराटनगरमा सम्पन्न 

शनिवार, श्रावण २१ २०७९
शनिवार, श्रावण २१ २०७९


  • अनिता गजमेर,उदयपुर । नेपाल कम्युनिस्ट पार्टी संग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिर बाट विभिन्न नारा हरु लगाउदै एमसीसी र एस पि, नागरिक बिधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर ,पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर ,विप्लव लगाएत नेतालाई जारि गरेको पक्राउ पुर्जि फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चौकमा गएर कोण सभामा परिणत भएको थियो ।
     
    उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङ्गले नेताहरुले राष्ट्रघाती एमसिसी र एस.पि  सम्झौताले नेपालको  राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने  काम गरेको बताएका थिए।

    उनीहरुले बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आए पनि आफुहरु पछाडि नहट्ने र एमसिसि एस पि सम्झौता  कुनै हालतमा कार्यन्वाय गर्न नदिने बताउदै उनले नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टी संग भएको तिन बुदे बार्तालाई कार्यनयन  गर्नुको साटो उल्टै नेताहरुलाई पक्राउ पुर्जि जिल्ला अदालत ललितपुरले जारि गरेको कुरालाई आपति जनाउदै उनले नेपाल सरकारलाई तिनबुदे बार्ता कार्यान्वयन गरि नेताको नाममा जारि गरिएको  पक्राउ पुर्जि फिर्ता गर्न आग्रह गर्दै यदि राज्यले हाम्रो कुरालाई बेवास्ता गर्छ भनि आफुहरु जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने र राज्यलाई ईटको जवाफ पथरले दिने चेतावनी समेत दिएको थिए।

    कार्यक्रममा बैज्ञानिक समाजबादिबाट लक्ष्मण न्यौपानेले बोल्दै सरकार जनता प्रति उतरदायि नबनेको कारण आज देशमा मंहगि ,कालो बजारि ,भ्रष्टाचार बढ्दै गएको कुरा बताएका थिए भने कार्यक्रमको संचालन मोरङ्ग जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij