२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • एमसीसी,एसपीपी,चर्को महङ्गी र पक्राउ पुर्जीका विरुद्व...
--4762

एमसीसी,एसपीपी,चर्को महङ्गी र पक्राउ पुर्जीका विरुद्व बुटवलमा विरोध प्रदर्शन

एमसीसी,एसपीपी,चर्को महङ्गी र पक्राउ पुर्जीका विरुद्व बुटवलमा विरोध प्रदर्शन

शनिवार, श्रावण २१ २०७९
शनिवार, श्रावण २१ २०७९

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी लगायत ४ दलिय सयुक्त मोर्चाद्वारा एमसिसी,एसपिपी, चर्को महङ्गी र पक्राउ पुर्जी विरुद्धको बिरोध प्रदर्शन बुटवलमा सम्पन्न भएको छ ।
    विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सरद ओलिले नेपाली जनताको पीडादायी अवस्था हेर्दा नाम मात्रको लोकतन्त्र र गणतन्त्र भएको भन्दै संसदीय व्यवस्था पञ्चायति ब्यवस्था भन्दा फरक नभएको बताए । 

    उनले १० बर्षे जनयुद्वको नेतृत्व गर्ने प्रचण्डहरु आलिसान महलमा पुगेर पुरानै संसदीय व्यवस्था अपनत्व गरेर गठबन्धनको नाममा देशलाइ कंगाल बनाउने गरी पुरानै संसदीय ब्यवस्थामा डुबुल्कि मारेर जनयुद्वका सपनाहरु गरिब जनताका विचारहरु,घाइते अपाङ्ग सहिद सम्पुर्ण गरिव जनताको अधिकारलाइ कुल्चेर जनयुद्वबाट उपलब्धिलाइ कुल्चेर पुरानो सत्तामा फर्केको र यो प्रचण्डले गरेको सबैभन्दा ठुलो धोका रहेको बताए । 

    उनले नेकपाले लिएका नीति र कार्यक्रमबाट दलाल सत्तामा बसेका दलालहरु निदहराम भएको बताउँदै प्रतिबन्धका बेला नेकपाका ३२ सय बढी कार्यकर्ता गिरफ्तार गरेर जेलमा सडाएर विभिन्न किसिमका झुट्टा मुद्दा लगाएर प्रतिबन्धबाट पार्टीलाइ सिध्याउने योजनासहित तत्कालीन केपी सरकार र अहिलेको देउवा प्रचण्ड नेतृत्वको गठबन्धनले नेकपासँग भएको तिन बुँदे सहमतिलाइ बेवास्ता गरेर सहमति तोड्ने योजनामा सत्ताधारी लागेको बताए । 

    नेपालका थुप्रै काण्डै काण्डमा मुछिएका सत्ताका नाइकेहरुको पर्दाफास गर्दै जाँदा जनताका आवाजहरु बोल्दा नेकपाका कार्यकर्ता जेलनेल सहनुपरेको भन्दै अहिले पनि ३ बुँदेका नाममा नेकपाका महासचिव विप्लवलगायत नेता कार्यकर्ताको घरमा पक्राउपुर्जि टाँस्ने र नयाँ तरीकाले धम्काउन सुरु गरेको बताए । उनले “आफुहरूले युद्ध नचाहेको तर जहिले पनि हिंसाको स्रोत राज्य हुने भन्दै नाम मात्रको लोकतन्त्रको अर्थ नभएको बताए ।  सरकार भ्रष्टाचारको अंग बनेर जनताले सास्ति भोग्न बाध्य भएका बताए ।
    जनताको एकमात्र दुस्मन नेपालको दलाल पुँजिवादी राज्यसत्ता रहेको र दलाल पुँजीवादी राज्यसत्तालाइ नफालेसम्म नेपाली जनताको गास बास कपास शिक्षा स्वास्थ रोजगारको ग्यारेन्टि नहुने र नेपालमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था नआएसम्म एकीकृत जनक्रान्ति जारी रहने र जनताको तागतले भ्रष्ट दलाललाई बगाएर फाल्ने बताए । 

    विरोध प्रदर्शनमा बोल्दै नेकपा (माओबादी) केन्द्र समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले  चार दलिय मोर्चाले लिएको नाराको पछाडि जनताका दुख पीडा र आवाजहरु अभिव्यक्त भएको बताए । उनले संसदवादमा आवद्व भएर पुस्पकमल दाहालले आफ्नै सहयोद्वालाई जेल हाल्ने षडयन्त्र भएको बताए । 

    उनले नेकपासँग गरेको तिन बुँदे सहमति विपरित पक्राउ पुर्जि जारी गरेर सरकारले आफ्नो नैतिकता उदाङ्गो पारेको बताए । उनले जनतन्त्र जनजिविका एवं राष्ट्रिय स्वाधीनताका पक्षमा चारदलीय मोर्चाले निरन्तर संघर्ष गरिरहने बताउँदै नेता उपाध्यायले बिस्तारबादका दलालहरुसँग समेत निर्मम सङ्घर्ष गरेर जानुको विकल्प नभएको बताए । 

    विरोध कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति लगायत चार दलिय मोर्चाका नेता कार्यकर्ता लगायत सयौंको सङ्ख्यामा जनताको उपस्थिति रहेको थियो । 
    कार्यक्रम नेकपाका जिल्ला नेता तथा बुटवल इन्चार्ज बिरेन्द्र बि क ले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij