२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • आगामी आर्थिक वर्षमा २ सय ३२...
--4746

आगामी आर्थिक वर्षमा २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

आगामी आर्थिक वर्षमा २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

मंगलवार, श्रावण १७ २०७९
मंगलवार, श्रावण १७ २०७९
  • बुटवल ।  आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानीय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।

    मन्त्रालयद्वारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहनेछन् भने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।

    यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ बिद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने ब्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij