२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4745

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्व

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्व

मंगलवार, श्रावण १७ २०७९
मंगलवार, श्रावण १७ २०७९
  • बुटवल । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

    केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

    यस्तै पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक, मोटरसाईकल १  वटा र म्याजिक गाडी १ वटा पहिरोमा परेको छ भने घरहरुमा समेत क्षति पुगेको सडक  यद्यपी मानवीय क्षति भने भएको छैन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij