२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • सरकारद्धारा ३ बुँदे सहमतिको उलंघन, महासचिव...
--4739

सरकारद्धारा ३ बुँदे सहमतिको उलंघन, महासचिव विप्लव, प्रकाण्डलगायत नेताविरुद्ध पक्राउ पुर्जी

सरकारद्धारा ३ बुँदे सहमतिको उलंघन, महासचिव विप्लव, प्रकाण्डलगायत नेताविरुद्ध पक्राउ पुर्जी

सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • बुटवल । देउवा–प्रचण्डलगायत गठबन्धन सरकारले नेकपा र सरकार पक्षबीच भएको ३ बुँदे सहमतिको गम्भीर उलंघन गरेको छ । नेकपाले संयमित भएर ३ बुँदे सहमतिको पालना गरिरहेको बेला सरकारले वार्ता पछि गरिएको ३ बुँदे सहमतिलगत्तै यसलाई कार्यान्वयन गर्नुको सट्टा उलंघन गर्दै आएको छ । 

    अहिले सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेर यसलाई थप पुष्टि गरेको छ । नेकपाले अहिले ३ बुँदे सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको छ । यो नेकपाको संयमता हो । सरकारले सहमतिलाई उलंघन गर्दै जाने हो भने ३ बुँदे सहमति भंग हुन पनि सक्छ तर नेकपा देशको जिम्मेवार पार्टी भएकोले ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिदै आएको छ । 

    सोमबार ललितपुर जिल्ला अदालतले महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रीय सदस्यहरु उमा भुजेल, रणबीर, बसन्त श्रेष्ठ, आजाद, नवीन विश्वकर्मा, प्रेम दर्लाल, नेकपाले कारवाही गरी पदमुक्त गरेका धर्मेन्द्र बास्तोला, दीपक, पदम राई, मोहनबहादुर कार्की लगायत नेताहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ । 

    उहाँहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा महासचिव विप्लवसहित नेताहरुलाई पुर्जी जारी गरेको छ ।

    यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई पत्र काटेको छ । यस्तै मुद्दा हातहतियार  तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ ।

    नेकपा र सरकारवीच भएको ३ बुँदे सहमतिमा देशको राजनीतिक समस्या शान्तिपूर्ण समाधान गर्ने, प्रतिबन्ध फुकुवा गर्ने र नेकपा नेता कार्यकर्ता रिहा र बन्दीहरुलाई छोड्ने सहमति भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij