२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • राष्ट्रियताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा :...
--4736

राष्ट्रियताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा : बन्धु चन्द

राष्ट्रियताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा : बन्धु चन्द

आइतवार, श्रावण १५ २०७९
आइतवार, श्रावण १५ २०७९

  • काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय अध्यक्ष बन्धु चन्दले नेपालको रास्ट्रीयता ,सार्वभौमिकता र स्वतन्त्रताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुगेको टिप्पणी गर्नु भयको छ।

    चिनलाई घेरा हाल्ने वा उसको विश्व शक्ति सन्तुलनमा सम्भावित उदयलाई रोक्ने उदेश्य सहित अमेरिकाले नेपाललाई स्टेट पार्टनरशिप प्रोग्राम एसपिपी सम्झौता गर्न र अमेरिकी सैन्य साझेदारीमा आधारित योजनालाई कार्यन्वन गर्न दबाव बढाएको बेला नेपाल कम्युनिस्ट पार्टी सहित चार दलिय मोर्चाद्वारा आइतबार काठमाडौंको चाबहिलमा भएको मशाल जुलुस पछिको सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य चन्दले यस्तो बताएकी हुन।

    नेपालको संसदले केही समय अघि हिन्द प्रशान्त रणनीतिको अङ्ग मानियको यमसिसी पास गरेपछि अमेरिकाले  यसपिपी पास गर्न खोजी रहेको बेला यस्तो घातक देशविरोधी सैन्य साझेदारीमा सहभागी हुँदा मुलुकको स्वतन्त्र अस्तित्व नै खतरामा पर्ने र असंग्लग्न विदेश नितिको औचित्य समेत समाप्त हुने भन्दै देशका सचेत नागरिक, वुद्दिजिवी  नागरिक समाज देखि देशलाई माया गर्ने राजनीतिज्ञहरुले समेत यसपिपीको विरोध गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा माओवादी समाजवादी लगायत चार दलिय मोर्चाद्वारा देशव्यापी मशाल जुलुस सहित विभिन्न संघर्सका कार्यक्रम सार्वजनिक गरिएका छ्न।

    काठमाडौंको चावहिलमा आयोजित सभालाइ सम्बोधन गर्ने क्रममा चन्दले भनिनू हामिले देशलाइ वचाउन र विदेशी हस्ताक्षेप विरुद्द वोल्दा हाम्रा कैयौ युवाहरुलाई मुद्दा लगाइयको छ, जेल पुर्याइयको छ, देशका लागि लड्ने क्रममा सरकारले धन्यवाद दिनुको सट्टा उल्टै दुख दिने काम गरेको छ।

    यो गैरजिम्मेवारीपन र आत्मसमर्पणवादी सोच हो , उनले थपिन , रास्ट्रघात सङ्गै महङ्गी र भ्रस्टाचारले सिमा नागेको छ , जनताको दैनिकी निकै कस्टकर भयको छ,यो समस्याले समेत अब सिमा नाघ्दै छ।
    देशव्यापि भैरहेको मशाल जुलुस अन्तर्गत काठमाडौको कलङ्की र बागवजार लगायत ललितपुर र भक्तपुरमा समेत भएको मशाल जुलुसमा मोर्चाका हजारौं नेता कार्यकर्ता र जनताको सहभागिता भएको कुरा जानकारी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij