बुटवल । नेकपा सहित चार दलीय संयुक्त मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार नेकपा रुपन्देहीद्वारा एमसीसी र एसपिपि सम्झौता विरुद्व रुपन्देही सैनामनाको बुद्धनगरमा मसाल जुलुस तथा कोण सभा सम्पन्न गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दे नेकपाका जिल्ला नेता तथा ३ न.कमाण्ड इन्चार्ज नविन थारुले दलाद सरकारले एमसीसी मार्फत देश बेच्ने प्रयास गरेको भन्दै यसका विरुद्व आवाज नउठाए ठुलो खाल्डोेमा फस्नुपर्ने बताए ।
उनले महङ्गि भ्रस्टचार कालाबजारी नागरिकता विधेयक पास,एसपिपी पास गर्ने षड्यन्त्र, जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि विरुद्वको आन्दोलन नेकपाको मात्र नभएर आम जनताको भएको भन्दै दल व्यक्ति स्वार्थ भन्दा माथि उठेर एकजुट भएर सङ्घर्ष गर्नुपर्ने बताउँदै यसका लागि नेकपा सधैं साथ दिने बताए ।
मसाल जुलुस तथा कोण सभा कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्लाका नेता कार्यकर्ता,युवा विधार्थी तथा स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा जिल्ला सदस्य भक्त थापाको सञ्चालनमा भएको थियो ।
