२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपाद्धारा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन, सेक्रेटरीमा...
--4734

नेकपाद्धारा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन, सेक्रेटरीमा राधिका निर्वाचित

नेकपाद्धारा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन, सेक्रेटरीमा राधिका निर्वाचित

शनिवार, श्रावण १४ २०७९
शनिवार, श्रावण १४ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी बुटवल महानगर समिति वडा न १३ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधिका सिंजापति (रेश्मी) को नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्बाचित गरेको छ ।

    कार्यक्रम प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्धार्थनगरका इन्चार्ज बिरेन्द्र बिक रहनु भएको थियो । सम्मेलनमा नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही, प्रगतिशील लेखक प्रकाश रानालगायतको उपस्थिति रहेको थियो । 

    उक्त कार्यक्रममा पुराना वाम तथा कम्युनिस्ट नेता प्रेमनारायण भट्टराईलाई दोरसल्ला ओढाएर सम्मान गरिएको थियो । भट्टराई लामो समयदेखि अहिलेसम्म निरन्तर क्रान्तिको पक्षमा रहँदै आउनुभएको छ । 

    नेकपाले जिल्ला सम्मेलन तथा ९ औं महाधिवेशन नजिकिदै गएपछि भेला सम्मेलन गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij