२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा अर्घाखाँचीद्वारा नागरिकता विधेयक र अमेरिकी...
--4730

नेकपा अर्घाखाँचीद्वारा नागरिकता विधेयक र अमेरिकी हस्तक्षेप विरुद्ध कोणसभा 

नेकपा अर्घाखाँचीद्वारा नागरिकता विधेयक र अमेरिकी हस्तक्षेप विरुद्ध कोणसभा 

शुक्रवार, श्रावण १३ २०७९
शुक्रवार, श्रावण १३ २०७९
  • सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टी लगायत चार क्रान्तिकारी पार्टीद्वारा राष्ट्रव्यापी रुपमा घोषित संघर्षका कार्यक्रम अन्तर्गत अर्घाखाँचीको सन्धिखर्कस्थित भक्तिटोलामा राष्ट्रघाती एमसीसी, एसपीपी, आइपिएस र नागरिकता विधेयकको विरुद्धमा कोणसभा सम्पन्न भएको छ । 

    कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज संगमले राष्ट्रघात र जनघातको विरुद्धमा निरन्तर संघर्ष गर्ने र राष्ट्रघाती एमसीसी लगायत आईपिएसका कुनै पनि हस्तक्षेपकारी योजनाहरु लागू हुन नदिने गरि नेपाली जनताको साथमा दलाल सत्तासँग अन्तिमसम्म लड्ने बताउनुभएको छ । उहाँले नेपाललाई फिजिकरण गर्ने भारतीय निहित उद्देश्यका साथ ल्याइएको राष्ट्रघाती नागरिकता विधेयकका विरुद्धमा पनि आफ्ना वास्तविक नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट बन्चित हुन नदिने गरि संघर्ष गर्ने बताउनुभएको छ । 

    हरि नेपालीको सञ्चालन रहेको कोणसभामा पार्टीको स्कुलिङ विभाग केन्द्रीय सदस्य क. चिन्तनले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij