२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4729

मोदीको फासिवाद विरुद्ध लड्न भाकपा माओवादीको अपिल

मोदीको फासिवाद विरुद्ध लड्न भाकपा माओवादीको अपिल

शुक्रवार, श्रावण १३ २०७९
शुक्रवार, श्रावण १३ २०७९
  • भारत । भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले हिन्दू-ब्राह्मणवादी फासीवादी शक्तिहरूका विरुद्ध लड्न अपिल गरेकाे छ । भाकपा (माओवादी)काे तेलंगाना राज्य समितिको नाममा जारी गरिएका पोस्टरहरूले पार्टीका कार्यकर्ताहरूलाई सरकारद्वारा फैलाएको हिन्दू-ब्राह्मणवादी फासीवादी शक्तिहरू विरुद्ध लड्न र फासिस्ट विचारधारालाई पराजित गर्न आग्रह गरेको हाे। 

    पोस्टर र पर्चाहरू बुधबार मुलुगु जिल्लाको वेंकटपुरम मण्डलको उपेदु, वीरपुरम र गोल्लागुडेम गाउँमा स्थानीय जनतालाई शहीद सप्ताह मनाउन अपील गर्दै यस्ताे आग्रह गरिएकाे हाे । 
    जुलाई 28 देखि अगस्त 3 सम्म माओवादी पार्टीले छत्तीसगढ, तेलंगाना, आन्ध्र प्रदेश, महाराष्ट्र, ओडिशा र झारखण्डलगायत सबै माओवादी प्रभावित राज्यहरूमा प्रत्येक वर्ष शहीद स्मारक सप्ताहको आयोजना गर्ने गरेकाे छ ।

    यसैबीच प्रहरीले छत्तीसगढ राज्यको सीमानाका क्षेत्रसहित जिल्लाका वन क्षेत्रमा कम्बिङ अपरेसनलाई तीव्रता दिएको छ । समस्या महसुस गर्दै, आरटीसी अधिकारीहरूले शहीद स्मृति सप्ताह मनाउने क्रममा रातको समयमा वेंकटापुरम र भद्रचलम शहरहरू बीचको बस सेवाहरू बन्द गरेका छन्।

    -Moolbato

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij