२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा सत्यवती गाउँपालिकाद्धारा दिवंगत बलबीर थापाप्रति...
--4726

नेकपा सत्यवती गाउँपालिकाद्धारा दिवंगत बलबीर थापाप्रति श्रद्धाञ्जली

नेकपा सत्यवती गाउँपालिकाद्धारा दिवंगत बलबीर थापाप्रति श्रद्धाञ्जली

शुक्रवार, श्रावण १३ २०७९
शुक्रवार, श्रावण १३ २०७९
  • गुल्मी । नेपाल कम्युनिस्ट पार्टी सत्यवती गाउँपालिकाले वडा नं. २ ठूलो लुम्पेक थुम्का निवासी बलवीर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । 

    गाउँपालिका इन्चार्ज पुरुषोत्तम अधिकारीले एक वक्तव्य जारी गर्दै ठूलो लुम्पेकको वाम तथा कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थापाको निधनले पार्टीलाई स्तब्ध बनाएको बताएका छन् । 

    वक्तव्यमा थापाले पञ्चायत विरोधी आन्दोलन हुँदै महान जनयुद्ध र एकीकृत जनक्रान्तिसम्म निरन्तर क्रान्तिको पक्षमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै उहाँ शैक्षिक र सामाजिक व्यक्ति समेत रहेको उल्लेख छ । 

    वक्तव्यमा दिवंगत थापाप्रति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । 
    मुटु र दमको दीर्घरोगी रहेका थापाको साउन १२ गते पाल्पा मसिन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

    वक्तव्यको पूर्णपाठ :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij