२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4719

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

बुधवार, श्रावण ११ २०७९
बुधवार, श्रावण ११ २०७९
  •  
     
    बुटवल । नुवाकोटको बेलकोटगढी नगरपालिका – १२ का  नवनिर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।

    मंगलबार साँझ बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । 

    खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको थियो ।

    उनको शव करिब एक किलोमिटर तल वडा रैकरे चौतीसमा भेटिएको बताइएको छ । तामाङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij