२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नवलपरासीको दाउन्नेमा बस पल्टिँदा २१ जना...
--4717

नवलपरासीको दाउन्नेमा बस पल्टिँदा २१ जना घाइते

नवलपरासीको दाउन्नेमा बस पल्टिँदा २१ जना घाइते

बुधवार, श्रावण ११ २०७९
बुधवार, श्रावण ११ २०७९
  • बुटवल । पूर्वी नवलपरासी– महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् ।

    उनीहरूको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

    इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टेको हो ।

    बस पल्टेको केहिबेरमा आफैं आगो लागेको स्थानीय डम्बर लामाले जानकारी दिए ।

    हिलैहिलो र खाल्डैखाल्डाका कारण पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको यात्रा कष्टकर रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij