२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा सहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलनका...
--4714

नेकपा सहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलनका कार्यक्रमको घोषणा

नेकपा सहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलनका कार्यक्रमको घोषणा

मंगलवार, श्रावण १० २०७९
मंगलवार, श्रावण १० २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।

    मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् । 

    पत्रकार सम्मेलनमा  साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij