२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • गुल्मीको ठूलो लुम्पेकमा ‘पहिरोको पहिरन’ बिषय...
--4712

गुल्मीको ठूलो लुम्पेकमा ‘पहिरोको पहिरन’ बिषय विमर्श

गुल्मीको ठूलो लुम्पेकमा ‘पहिरोको पहिरन’ बिषय विमर्श

आइतवार, श्रावण ८ २०७९
आइतवार, श्रावण ८ २०७९
  • गुल्मी । सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा ल्हुम्पेक कला तथा साहित्य यात्राको बिषयगत शृंखला सुरु भएको छ । शृंखला अन्तर्गत पहिरोको पहिरन र समाधान बिषयक शृंखलामा छलफल भएको छ । 

    कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै प्रस्तोता जुक्त थापा मगरले पहिरो प्राकृतिक र भौगोलिक कारणले जानेभएपनि यसको मूलकारण मानवीय भएको बताउनुभयो । उहाँले पहिरो रोकथामका लागी सरकार र स्थानीय स्तरबाट पहल नहुँदा भौतिक र मानवीय क्षति भएको बताउनुभयो । अर्का प्रस्तोता अर्जुन तरामु मगरले पहिरोको मनोवैज्ञानिक असर पुस्तौंसम्म रहने बताउनुभयो । उहाँले पहिरोको मूलकारण भौतिक पूर्वाधार मात्र नभएर मानवीय समेत रहेको बताउनुभयो । 

    कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नरमाया राना, वडा अध्यक्ष जितु तरामु मगर, नेकपाका खोमा तरामु मगर, नेकपा क्रान्तिकारी माओवादीका टिका राना मगर, नेपाली कांग्रेसका पहलमान फौंजा, साहित्यकारहरु प्रदीप राहादी मगर, प्रदीपा थापा, टेकन सिंजालीलगायतले सिर्जना एवं सुझाबहरु प्रस्तुत गर्नुभएको थियो । 

    पहिरोले विपत्ति निम्त्याएको सिंदीमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन गुणदेव सिंजालीले गर्नुभएको थियो भने कार्यक्रममा स्थानीय जनता, बुद्धिजीवी एवं सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij