बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीले नियमित मासिक श्रृखला सिर्जना चौतारीको पाँचौं श्रृंखला कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा १० जना स्रष्टाहरुले गीत कविता गजल लगायतका सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला नेता तथा अखिल नेपाल क्रान्तिकारीट्रेड युनियन महासंघ लुम्बिनि प्रदेश संयोजक खगेन्द्रले सिर्जना चौतारी कार्यक्रम सिक्ने,सिकाउने,कला क्षमताको विकाश गर्ने थलो रहेको बताउँदै लेखक साहित्यकार सांस्कृतिक कर्मीहरुले कला गीत संगीत र बौद्धिक क्षेत्रबाट सांस्कृतिक रुपान्तरण गर्नुपर्ने बताए ।
उनले सिर्जना चौतारीेले वर्गिय पक्षधरताको आधारमा कार्यक्रमलाई अगाडी बढाउनुपर्ने बताउँदै दर्शन विचार अनुरुप यत्रतत्र समाजमा छरिएर रहेका सिर्जनाहरुलाई गोलबन्ध गर्नुपर्ने बताए । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनि प्रदेश सदस्य रुप सिंह विश्वकर्मा, रेश्मी बुढा मगर, बिहानी मगर,प्रविण न्यौपाने, श्रीधर ज्ञवाली,सविन भन्डारी,प्रमिसा क्षेत्री, गंगा परियार,पुजा मगर अन्जली थारु रुद्र थापा लगायतले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रम अखिल नेपाल जनकलाकार संघ रुपन्देहीका अध्यक्ष रेश्मी मगरको अध्यक्षता र संग्रामी सांस्कृतिक परिवारका कलाकार प्रमिसा क्षेत्रीको सञ्चालनमा भएको थियो । सिर्जना चौतारीको नियमित छैटौं श्रृंखला भदौ ४ गते हुने बिहानी मगरले बताइन् ।
