२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • ठूलो लुम्पेकको कसिन्थला बस्ती पहिरोको उच्च...
--4699

ठूलो लुम्पेकको कसिन्थला बस्ती पहिरोको उच्च जोखिममा

ठूलो लुम्पेकको कसिन्थला बस्ती पहिरोको उच्च जोखिममा

बिहिवार, श्रावण ५ २०७९
बिहिवार, श्रावण ५ २०७९
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ मा रहेको कसिन्थला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बुधबार रातीदेखि लगातार बर्षा भएपछि पहिरोको उच्च जोखिममा रहेको हो । 
    उक्त पहिरोका कारण कसिन्थलामा रहेको ३५ घर र दांसिंगामा रहेको करिब ४५ घर उच्च जोखिममा रहेको छ । रातीदेखिको लगातार बर्षाका कारण पहिरो गइरहेको स्थानीय तिलक रानाले बताए ।

    ठूलो लुम्पेक स्वास्थ्य चौकीका प्रमुख समेत रहेका रानाका अनुसार पहिरोबाट बच्नका लागी घरबाट सामानहरु सारेको र बाटोबाट बग्ने भल रोक्न कोसिस गएपनि पहिरो निकै ठूलो र गहिरिएर गएकोले उच्च जोखिम रहेको बताए । 

    कसिन्थला गाउँ कृषि उत्पादन क्षेत्रले समेत परिचित रहेको छ । त्यहाँका किसानले व्यवसायिक कृषि उत्पादन गर्दै आइरहेका छन् । जोखिम क्षेत्रमा रहेका वस्तीको पूर्व अवस्थाबारे सरकारले ध्यान नदिने हो भने पहिरोले निकै ठूलो धनजनको क्षति हुने सम्भावना रहेको कृषि उद्यमी मतिप्रसाद श्रीसले बताए । 

    विगत ६ बर्ष अगाडी ठूलो लुम्पेकको सिंदी, कुरह र कसिन्थला वस्तीमा पहिरोले ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij