२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • पोखरा महानगरले सुकुम्बासी वस्तिमा मच्चाएको आतंकप्रति...
--4690

पोखरा महानगरले सुकुम्बासी वस्तिमा मच्चाएको आतंकप्रति नेकपा कास्कीको आपत्ति

पोखरा महानगरले सुकुम्बासी वस्तिमा मच्चाएको आतंकप्रति नेकपा कास्कीको आपत्ति

मंगलवार, श्रावण ३ २०७९
मंगलवार, श्रावण ३ २०७९
  •  कास्की । कास्कीको पोखरा महानगरपालिकाले महानगरको वार्ड न ३३ पिप्लेमा रहेका करिव ३० घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले विरोध जनाएको छ।

    सोमबार नेकपा कास्कीका सेक्रेटरी काजिले एक विज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध  गरेका हुन। सेक्रेटरी काजिद्वारा जारी विज्ञप्तिमा भनिएको छ

    “पोखरा महानगरपालिकाको३३ पिप्लेमा अवस्थित करिव ३० घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ववहार गर्दै नागरिक प्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्कायको घटना प्रती हामी घोर भत्सर्ना गर्दछौ। भु–माफियाहरुले हजारौं रोपनी जमिन हडब्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दियकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ। सम्मानपुर्वक बाँच्न पाउने र आवासको अधिकार सुनिश्ति गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो। सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यान आकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ।”

    यस्तो छ विज्ञप्तीको पुर्ण पाठ:

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij