पदम पराजुली, बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको आठौं पूर्ण बैठक सम्पन्न भएको छ। अखिल क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक पदम पराजुलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण निर्णय सहित सम्पन्न भएको हो।
बैठकको प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै जुनसुकै आन्दोलनमा पनि बिद्यार्थी संगठन महत्त्वपूर्ण भुमिका रहेको भन्दै देश गम्भीर अवस्थामा रहेकोले बिद्यार्थी हरु सचेत वर्ग भएकोले निर्णायक भुमिका खेल्नुपर्ने बताए साथै पार्टीको महाधिवेशन केन्द्रित अभियान हरु चलाउन निर्देशन दिनुभयो ।
त्यसैगरि बैठकमा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज विज्ञान क्षेत्री तथा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल रोकाले प्रशिक्षण मुलुक मन्तव्य राख्नुभएको थियो ।
