बुटवल । पत्रकार सुदर्शनराज पाण्डेले आफू धर्मेन्द्र समुहले बनाएको पार्टीमा नरहेको घोषणा गरेका छन् । सोमबार एक बिज्ञप्ति जारी गर्दै पाण्डेले यस्तो घोषणा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीले धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त गरेपछि उनीहरुले बनाएको समूहले आफुलाई सोधपुछ नै नगरी पार्टीको सल्लाहकार समितिमा राखेको जानकारी प्राप्त भएकोले आफू उक्त पार्टीमा नरहेको बताएका छन् ।
उनले धर्मेन्द्र समूहले क्रान्ति नगर्ने भन्दै आफु विगत लामो समयदेखि जनपक्षीय पत्रकारिता आन्दोलनमा योगदान गर्दै हाल नेकपा सम्बद्ध जनपत्रकार संगठन नेपालको केन्द्रीय समितिमा रहेको कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
