नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले शैक्षिक सत्र शुरु भएको झण्डै दुई महिना पुरा भईसक्दा पनि शिक्षा मन्त्री ,जनक शिक्षा सामाग्री केन्द्रको चरम लापरबाहीको कारण आम बिद्यार्थीमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको भन्दै शिक्षा मन्त्री र जनक शिक्षा सामाग्री केन्द्र प्रमुखको पुत्ला दहन गरेको छ ।
अखिल (क्रान्तिकारी) रुपन्देहीले बुधवार बुटवल पुरानो बसपार्कमा विरोध प्रदर्शन सहित पुत्ला दहन गरेका हुन । अखिल (क्रान्तिकारी)का लुम्बिनि प्रदेश संयोजक विज्ञानले तत्काल सरकार र जनक शिक्षा सामाग्री केन्द्रले विद्यालयमा पाठ्यपुस्तक सहज रुपमा उपलब्ध नगराए कडा आन्दोलनमा उत्रने भन्दै शिक्षा मन्त्रिको राजिनामाको माग समेत गरे ।
अखिल (क्रान्तिकारी)का लुम्बिनि प्रदेश संयोजक विज्ञानले तत्काल सरकार र जनक शिक्षा सामाग्री केन्द्रले विद्यालयमा पाठ्यपुस्तक सहज रुपमा उपलब्ध नगराए कडा आन्दोलनमा उत्रने भन्दै शिक्षा मन्त्रिको राजिनामाको माग समेत गरे ।
विरोध क्रार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)रुपन्देही जिल्ला संयोज पदम पराजुलीले गरेका थिए ।
