बुटवल, २८ असार । रोटरी क्लव अफ बुटवलले स्थापना गरेका रोट-याक्ट र इन्ट–याक्ट क्लवहरुको संयुक्त योजना तर्जुमा बैठक बुटवलमा सम्पन्न भएको छ ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा रोट¥याक्ट र इन्ट¥याक्ट क्लवहरुले बनाएका कार्ययोजना र त्यसमा रोटरी क्लव बुटवलले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।
बैठकमा आफू मातहतका क्लवहरुले बनाएका योजनाहरुमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको रोटरी क्लव अफ बुटवलका सचिव लालहरि पाण्डेले जानकारी दिए ।
बैठकमा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले क्लवले अगाडि सारेका परियोजनाहरुमा संलग्न भए मात्रै पनि रोट्¥याक्ट र इन्ट¥याक्ट क्लवको कामप्रतिको लगाव देखिने भन्दै यसका लागि रोट¥याक्टर र इन्ट¥याक्टरहरुको ध्यानाकर्षण गराएका थिए ।
उनले विशुद्ध सामाजिक क्षेत्रको विकास उत्थानका लागि स्थापना भएका क्लवले आफ्नो लक्ष्य र उद्देश्यलाई ख्याल गर्दै काम गर्नुपर्नेमा जोड दिए । बैठकमा रोट¥याक्ट र इन्ट¥याक्ट क्लवहरुको वार्षिक कार्यक्रमका बारेमा समेत छलफल भएको थियो ।
क्लवले अगाडि पारेका परियोजना र कार्यक्रमहरुमा संयुक्त रुपमा अगाडि बढ्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै राइला कार्यक्रम पनि उपयुक्त समेयमा आयोजना गरिने अध्यक्ष पियाले जानकारी दिए ।
रोट¥याक्टर र इन्ट¥याक्टरहरुको क्षमता विकासमा पनि ध्यान दिइने बताउँदै उनले पढाइसँगसँगै सामाजिक गतिविधिलाई पनि अगाडि बढाउन आग्रह गरे ।
