२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • गुल्मी तम्घासबाट इस्मा दोहोली जाँदै गरेको...
--4670

गुल्मी तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जिप दुर्घटना

गुल्मी तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जिप दुर्घटना

६ जना घाइते

सोमवार, आषाढ २७ २०७९
सोमवार, आषाढ २७ २०७९
  • बुटवल । गुल्मीमा जिप दुर्घटना हँदा ६ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जिप  सोमबार साँझ ६ बजे रेसुङ्गा नगरपालिका –४ स्थित मसिनापोखरीमा दुर्घटनामा परेको हो । 

    दुर्घटनामा इस्मा गाउँपालिका –४ दोहोलीका ५८ बर्षीय लंक बहादुर पल्ली , ५९ बर्षिय रुद्र बहादुर पल्ली, ५९बर्षीया नर्मति घिमिरे घाइइते भएका छन् ।

     त्यस्तै दोहोलीकै ६८ बर्षीय ज्ञान बहादुर बस्नेत,हरी बहादुर दर्लामी र ५८ बर्षीय केश बहादुर पल्ली घाइते भएको ट्राफिक प्रहरी निरिक्षकजगन्नाथ पाण्डेले जानकारी दिए । 

    टाउकोमा चोट लागेको कारण केश बहादुर र छातिमा भित्री चोट लागेका कारण नर्मति घिमिरेलाई थप उपचारकालागि पाल्पा पठाउने तयारी भइरहेको र अन्य घाइतेहरुलाई  भने गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    गाडि ओभर लोडका कारण बे्रक फेल भइ भित्तामा ठोकिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij