२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा निकट अखिल (क्रान्तिकारी)को देशब्यापी सिठी...
--4669

नेकपा निकट अखिल (क्रान्तिकारी)को देशब्यापी सिठी जूलूस सहित प्रदर्शन

नेकपा निकट अखिल (क्रान्तिकारी)को देशब्यापी सिठी जूलूस सहित प्रदर्शन

सोमवार, आषाढ २७ २०७९
सोमवार, आषाढ २७ २०७९
  • बुटवल । विद्यालय मा पाठ्यपुस्तक अभाववारे ,नेकपा निकट अखिल (क्रान्तिकारी)को देशब्यापी  सिठी जूलूस सहित प्रदर्शन भएको छ । 

    सरकार ,शिक्षा मन्त्रालयको र जनक शिक्षा सामाग्री केन्द्रको चरम लापरबाहीका कारण आज शैक्षिक सत्र सुरु भएको ३ महिना बिति सक्दा पनि   सामुदायिक विद्यालयमा किताबको अभाव  विरुद्ध अखिल (क्रान्तिकारी) सडकमा रहेको ,र देशब्यापी आन्दोलन रहेको अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान क्षेत्रीले जानकारी दिए ।

    अन्य संसदवादी पार्टीका बिद्यार्थी संगठन यति बेला सुतेको बेला आफुहरु निरन्तर बिद्यार्थीको समस्याबारे निरन्तर सडक बाघको रुपमा आन्दोलित रहेको र ,असार २३ गते देशव्यापी सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाएको ,असार २५ गते मसाल जूलूस ,असार २७ गते देशब्यापी प्रदाशन गरेको र असार २९ गते शिक्षा मन्त्री ,जनक शिक्षा सामाजिक केन्द्रका प्रमुखको पुत्ला दहन गर्ने कार्यक्रम रहेको ,असार ३० गते पाठ्यपुस्तक अभावबारे  अन्तरक्रिया  कार्यक्रम पुर्वघोषणा गरेको संगठन लुम्बिनी प्रदेश इन्चार्ज क्षेत्रीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij