२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4667

मायादेवीमा एक गाउँ एक स्वास्थ्यकर्मी

मायादेवीमा एक गाउँ एक स्वास्थ्यकर्मी

सोमवार, आषाढ २७ २०७९
सोमवार, आषाढ २७ २०७९

  • तिलोत्तमा, २७ असार । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ कम्हरियास्थित कम्हरिया स्वास्थ्य चौकीले एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको छ ।
    एक कार्यक्रमका बीच स्वास्थ्य चौकीले एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले यसबाट ग्रामीण क्षेत्रका नागरिकले गाउँमै सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

    मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मोहम्मद रफिक खानको अध्यक्षतामा भएको कार्यक्रममा कम्हरिया स्वास्थ्य संस्थाका प्रमुख प्रदिपकुमार पण्डित, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयलगायतले मन्तव्य व्यक्त गरेका थिए । मायादेवी वडा नम्बर ३ अन्तर्गतका सम्पूर्ण टोलबासीहरुमा एक गाउँमा एक स्वास्थ्यकर्मीद्वारा परामर्श, भेटघाट र स्वास्थ्य समस्याको बारेमा सुझबुझ गरी जानकारी पाउने र समस्याको समाधानका उपाय पत्ता लगाउने तथा स्वास्थ्यका सूचकहरुलाई पूरा गरी वडा नम्बर ३ लाई स्वास्थ्य क्षेत्रमा अब्बल घोषणा गर्ने निर्णय समेत गरिएको छ ।

    उक्त स्वास्थ्यचौकीमा नम्रता चौधरी,प्रदिपकुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य,कमला पन्त,रामवरण गुप्ता,जितेन्द्र गुप्ता,कमला गिरी,मनिषा बरुवाल,शोभा प्रधान,इन्द्रावती यादव,अवधेश यादव,जमुना सुवेदी,मायादेवी थारुलगायतका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij