बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ बिघा १० कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले धान रोपेका छन् ।
पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत रुपन्देहीमा नेकपाले धान रोपेको हो ।
जिल्ला इन्चार्ज कृतिको नेतृत्वमा भएको सामुहिक श्रममा जिल्ला सेक्रेटरी विश्वास जिल्लाका नेता,जबसमोर्चा सम्बद्ध नेता कार्यकर्ता पार्टी सदस्यहरुको सहभागिता रहेको थियो ।
नेकपा रुपन्देहीले बेमौसमी खेती अन्तर्गत यसअघि ३ कठ्ठा खेतमा आलु उत्पादन गरेको थियो भने अहिले १ बिघा खेतमा तरकारीहरु कुरिलो,भिन्डि,फर्सि,लौका,मकै,खुर्सानी,अम्बा,काक्रा आदि उत्पादन भएको भन्दै जिल्लामा उत्पादनलाई थप विस्तार र व्यवस्थित गरेर लैजाने नेकपा जिल्ला सेक्रेटरी विश्वासले बताए ।
नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीति वैचारिक कामका साथसाथै सामुहिक श्रममार्फत अनिवार्य नीति रहेको छ ।

