बुटवल । लुम्बिनि बौद्ध बिश्वबिधालय बुटवल सिटि क्याम्पस प्रशासनले बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ कपोकल्पित , झुट्टा आरोप लगाउदै निकालेको विज्ञप्तिप्रती नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी) संग भएको ९ बुदे सहमति कार्यनयन गर्नुको साटो आफुले गरेको गल्ती ढाकछोप गर्न बुटवल सिटि क्याम्पसमा अध्यनरत बिद्यार्थी माथी कपोकल्पित आरोप लगाइ , लुम्बिनी बिश्वबिधालय डिन कार्यलयको योजनामा ४ जना उपप्रध्यापकले षड्यन्त्र पुर्वक राजिनामाको नाटक गरि ,गरेको गल्तिबाट उन्मुक्ती पाउन ,गल्तीको सजायको हिस्सेदार बन्नबाट वच्न अध्ययनरत बिद्यार्थीलाई नै आरोप लगाउदै जारी गरेको विज्ञप्ति अस्विकार गर्दै तत्काल फिर्ता गर्न माग गरेका छन् ।
९ बुँदे माग सम्बोधन नगरे,तथाकथित राजिनामाको नाटकबाट उप–प्रध्यापकहरुले आफुले गरेको अपराधबाट अछुतो रहन गरेको षड्यन्त्र प्रती अखिल (क्रान्तिकारी) रुपन्देही थप संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
अखिल (क्रान्तिकारी)का रुपन्देही जिल्ला संयोजक पदम पराजुलीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।
“हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) बिगत देखि नै शैक्षिक असमानता ,विकृति , विस्ङगति विरुद्ध निरन्तर संघष गर्दै आएको छ।
बिगत लामो समय देखि दलाल पुजीवादका बिरुद्ध, विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था प्राप्ति को निम्ति त्याग ,तपस्या,बलिदान बाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै निरन्तर सडक बाघको रूपमा संघर्षरत रहेको सम्पूर्ण शिक्षक,विद्यार्थी बुद्धिजीवीहरुमा अबगत नै छ। उपयुक्त सन्दर्भमा लुम्बिनी बौद्ध बिश्वबिधालय बुटवल सिटि क्याम्पस प्रशासनले अध्ययनरत बिद्यार्थीहरुलाइ कपोकल्पित , झुट्टा आरोप लगाउँदै निकालेको विज्ञप्ति प्रती अखिल (क्रान्तिकारी) रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा बिगत १ बर्ष देखी लुम्बिनी बिश्वबिधालय बुटवल सिटि क्याम्पसका विद्यार्थी छात्रा माथि यौनजन्य दुर्ववहार गर्ने उप–प्रध्यापकलाई संरक्षण गर्ने ,अखिल (क्रान्तिकारी) संग भएको ९ बुँदे सहमति कार्यनयन गर्नुको साटो आफुले गरेको गल्ती ढाकछोप गर्न बुटवल सिटि क्याम्पस मा अध्यनरत बिद्यार्थी माथी कपोकल्पित आरोप लगाइ , लुम्बिनी बिश्वबिद्धालय डिन कार्यलयको योजनामा ४ जना उपप्रध्यापकले षड्यन्त्र पुर्वक राजिनामा को नाटक गरि ,गरेको गल्तिबाट उन्मुक्ती पाउन ,गल्तीको सजायको हिस्सेदार बन्नबाट वच्न ,अध्ययनरत बिद्यार्थीलाई नै कपोकल्पित आरोप लगाउदै जारी गरेको ठाडै अस्विकार गर्दै तत्काल फिर्ता गर्न माग गर्दछौ । अन्नेथा संगठनसंग गरेको ९ बुँदे माग सम्बोधन नगरे,तथाकथित राजिनामाको नाटकबाट उप–प्रध्यापकहरुले आफुले गरेको अपराधबाट अछुतो रहन गरेको षड्यन्त्र प्रती अखिल (क्रान्तिकारी) रुपन्देही थप संघर्ष गर्ने चेतावनी दिन चाहान्छ।”
विज्ञप्ति सहित

