२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा जिल्ला स्तरीय अन्तर...
--4661

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शुक्रवार, आषाढ २४ २०७९
शुक्रवार, आषाढ २४ २०७९
  • मकवानपुर । अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको आयोजनामा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता मकवानपुर बहुमुखी क्याम्पसमा भएको हो।

    बिहीबार भएको हाजिरी जवाफ प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका विभिन्न २४ वटा निजि तथा सरकारी विद्यालयको सहभागी रहेको थियो। प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्राले प्रतियोगितामा सहभागिता जनाएको थियो। प्रतियोगितामा एक विद्यालय, एक टिम गरि जम्मा २४ टिम भएको थियो। ६र६ टिमको छुट्टाछुट्टै चार ग्रुपको प्रतिस्पर्धाबाट प्रथम भएको टिमलाई फाइनल राउन्डमा सहभागी गराइएको थियो।

    फाइनल राउन्डका प्रतिस्पर्धी चार टिमबीच भएको प्रतिस्पर्धाबाट हेटौंडा स्थित जीएस निकेतन मावि प्रथम, मनहरीको युनाइटेड एकेडेमी द्वित्तीय, हेटौंडा ६ स्थित वंशगोपाल मावि तृतीय र ज्ञानदा मावि सान्त्वना भएका थिए। प्रथम हुने टिममा जिएस निकेतन माविका छात्र समर्पण न्यौपाने र छात्रा निहारिका चौलागाईं, द्वितीय हुने टिममा युनाइटेड इ.बो.स्कुलका छात्र लेखनाथ मोक्तान र छात्रा सृष्टि शंकर, तृतीय हुने टिममा वंश गोपाल माविका छात्र नवराज दंगाल र छात्रा रोजी सुवेदी र सान्त्वना हुने टिममा ज्ञानदा माविका छात्र विवेक मुक्तान र छात्रा सपना ग्लेन रहेका थिए। विजयी टिमले क्रमशः नगद रु. १० हजार, ६ हजार ३ हजार र १ हजार प्राप्त गरेका थिए ।

    अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्य बहादुर गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी राम घलान (वाटर)को प्रमुख आतिथ्यता, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। शंकर प्रसाद उपाध्ययको विशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रममा निङमार, सुर्य अर्याल, विवेक घलान, सुशीला सिंतान लगायतको आतिथ्यता रहेको थियो ।

    सहभागी टिम सबैलाई पुरस्कारसहित प्रमाणपत्र र मेडल समेत प्रदान गरिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij