बुटवल । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले हाम्रो क्रान्तिकारी विचार र पार्टीको नेतृत्व विरुद्ध झुट प्रचार गर्ने र क्रान्तिको यात्रालाई भ्रमित पारेर क्रान्तिलाई कमजोर पार्न खोज्नेहरुलाइ युवाहरुले प्रतिरोध गर्ने बताउनुभएको छ।
युवा संगठन नेपाल काठमाडौले बुधबार नयाँ वसपार्कको तमु राष्ट्रिय परिषद्को भवनमा आयोजना गरेको जिल्ला भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा जंगलीले यस्तो बताएका हुन।
देशमा बढ्दै गएको महङ्गी, भस्टाचार र अत्याचार विरुद्ध संघर्ष गर्दै संसदिय व्यवस्थाको अन्त्य गर्न र समाजवादी प्रणालीको उज्यालो भविस्य निर्माण गर्न आफुहरु निरन्तर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष जंगलीले भने
“केही समय अघि सुदर्शनहरुले पार्टीका विरुद्व भ्रम सिर्जना गर्ने क्रममा विप्लवहरु राजासँग मिलेर दलहरुलाइ तह लगाउनु खोज्नुहुन्थ्यो भनेको सुनियो , यदि उहाहरुलाइ पहिले नै यस्तो सूचना थियो भने उहाँ किन यो पार्टीमा आउनु भयो त ? सङ्गै हुदा सबै ठिक छ भन्ने तर अलिकति आफ्नो स्वार्थ पूरा भएन भन्ने बित्तिकै सबै गलत देख्ने यो कसरी भन्न मिल्छ ? पत्रकार साथीहरूले प्रती उहाँहरुलाई प्रश्न गर्न जरुरी छ।”
युवा संगठन नेपालको भेलामा सयौ युवाहरू पार्टी प्रवेश गरेका थिए भने सामना परिवारका कलाकारहरू नृत्य र गितहरु समेत प्रस्तुत गरेका थिए।
