२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4651

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सोमवार, आषाढ २० २०७९
सोमवार, आषाढ २० २०७९
  • बुटवल । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धिको चर्काे विरोध हुँदा मूल्य घटाएको निगमले पुनः फेरि मूल्य वृद्धि गरेको हो ।

    आज राति सोमबार  १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेल/मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

    रसिया – युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई,२०२२ (असार १७,२०७९) मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।

    नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल/मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij