२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • खेलकुद
  • लुम्बिनी इन्जिनियरिङ कलेजमा फुटबल प्रतियोगिता...
--4650

लुम्बिनी इन्जिनियरिङ कलेजमा फुटबल प्रतियोगिता हुने

लुम्बिनी इन्जिनियरिङ कलेजमा फुटबल प्रतियोगिता हुने

सोमवार, आषाढ २० २०७९
सोमवार, आषाढ २० २०७९
  • बुटवल । रुपन्देहीस्थित लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा अध्यनरत बिद्यार्थीहरुको समुह  (लेक अफिसियल गु्रप) द्वारा आयोजना गर्न लागिएको नाइन अ साइड फुटबल प्रतियोगिता आज असार २० गतेदेखि लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राङ्गणमा सुरु हुने भएको छ ।  

    खेलमा पुरुष तर्फ १३ टिम र महिला तर्फ ४ टिम सहभागी रहनेछन् भने खेल तीन दिनसम्म चल्ने छ  । हिजो साँझ ५ बजे गोला प्रथाद्वारा आज हुने खेल तालिका छनोट गरिएको खेल आयोजक समितिका संयोजक सक्सेस पन्थीले जानकारी दिए । साथै आज पहिलो खेल टिम इन्फिनिटि र ८ औं सेमेस्तर बीच हुन गइरहेको छ । खेलको मुख्य प्रायोजक शुभ सूर्य सप्लायर्स, अग्नि सिमेन्ट,

    इमिनेन्ट एजुकेसन लगायतका रहेका छ्न । खेलमा पहिलो पुरस्कार पन्ध्र हजार र द्वितीय पुरस्कार पाँच  हजार रहेको छ । 

    खेलको मिडिया प्रायोजन जनबाटो डटकम, बुटवल टुडे,खबरपात्रोलगायतले गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij