२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारको...
--4646

नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारको खेतमा धान रोपेर श्रमदान

नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारको खेतमा धान रोपेर श्रमदान

आइतवार, आषाढ १९ २०७९
आइतवार, आषाढ १९ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनश्रमदान गरेको छ । सहिद तथा बेपत्ता योद्वा दुर्गा पाण्डे र युवराज पाण्डेको खेतमा धान रोपेर श्रमदान गरेको हो ।

    जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा जिल्लाका नेता कार्यकर्ता,युवा,विद्यार्थी लगायतको टिमले श्रमदान गरेको हो ।

    यस अघिका वर्षहरुमा पनि नेकपाले सहिद परिवार र जनताका खेतहरुमा जनश्रमदान गर्दे आएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टीको केन्द्रदेखि तल सम्म उत्पादनमा आत्मनिर्भर बन्ने नीति अनुसार नेकपा रुपन्देहीले विभिन्न जातका तरकारीहरु,मकै,अम्बा लगायत उत्पादन गरेको र सैनामैना पर्रोहामा केही दिनमै धान रोप्ने नेकपाका जिल्ला सेक्रेटरी विश्वासले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij