२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक...
--4641

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु

बिहिवार, आषाढ १६ २०७९
बिहिवार, आषाढ १६ २०७९
  • बुटवल । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन ।

    जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकिराखेको ट्याक्टरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किदाँ स्थानीय १९ बर्षिय अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    दुर्घटनामा मोटरसाईकल चालक शिबराज नगरपालिका ३ मदवा बस्ने बर्ष १८ का बिमल पाण्डेको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार सोही ठाउँ कि अस्मिता खनालको टाउकोमा चोट लागि गम्भिर घाईते भएकी थिइन ।

     खनालको उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij