२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बुटवलमा जंगली च्याउ खाँदा एकैगाउँका...
--4639

बुटवलमा जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी

बुटवलमा जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी

बिहिवार, आषाढ १६ २०७९
बिहिवार, आषाढ १६ २०७९
  • बुटवल । जंगली च्याउ खाँदा बुटवलमा एकैगाउँका १९ जना बिरामी भएका छन् ।

    उनीहरुमध्ये छ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

     बुधबार जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए।

    उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij