२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • पाल्पा सिद्धबाबा पहिरो पन्छाइदै, एकतर्फी यातायात...
--4635

पाल्पा सिद्धबाबा पहिरो पन्छाइदै, एकतर्फी यातायात सञ्चालन

पाल्पा सिद्धबाबा पहिरो पन्छाइदै, एकतर्फी यातायात सञ्चालन

मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए । प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास गरेको जनाएको छ ।

    सिद्धबाबा वर्षा हुनासाथ लगातार पहिरो जाने गर्छ । जसले गर्दा बुटवलबाट पाल्पा, गुल्मी जाने र आउने सवारी चालकहरूलाई सास्ती हुने गर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij