२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • श्री भानु आधारभूत विद्यालयमा सरसफाइ,...
--4618

श्री भानु आधारभूत विद्यालयमा सरसफाइ, फूल रोपाइँ र साप्ताहिक कार्यक्रम 

श्री भानु आधारभूत विद्यालयमा सरसफाइ, फूल रोपाइँ र साप्ताहिक कार्यक्रम 

शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • ठूलोलुम्पेक, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न.३, ठूलोलुम्पेक, दाङ्सिङ्गामा अवस्थित श्री भानु आधारभूत विद्यालयमा शुक्रबार सरसफाइ, फूल रोपाइँ र साप्ताहिक कार्यक्रम सम्पन्न भएको छ । 

    विद्यालयमा गठित श्री सिर्जनशील विद्यार्थी समूह, नेपाल जुनियर रेडक्रस सोसाइटी र इन्द्रेणी बालक्लबको आयोजना र नेतृत्वमा विद्यालय हाताभित्र सरसफाइ, विभिन्न प्रजातिका फूलहरू रोपाइँ र साप्ताहिक कार्यक्रम अन्तर्गत छात्र / छात्रा रनिङ प्रतियोगिता आयोजना गरिएको बताइएको छ । 

    ठूलोलुम्पेकको सन्दर्भमा श्री भानु आधारभूत विद्यालय विगत देखि वर्तमानसम्म नमुना विद्यालयको रुपमा परिचित छ । यस विद्यालयले २०७२ को कक्षा –८ को स्रोतकेन्द्र स्तरीय परिक्षामा प्रथम र दृतीय स्थान हासिल गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij