२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • ठूलोलुम्पेक शैक्षिक सुधार योजना –विषयगत छलफल,...
--4614

ठूलोलुम्पेक शैक्षिक सुधार योजना –विषयगत छलफल, परामर्श र अवधारणा निर्माण 

ठूलोलुम्पेक शैक्षिक सुधार योजना –विषयगत छलफल, परामर्श र अवधारणा निर्माण 

शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • ठूलोलुम्पेक, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न. ३, ठूलोलुम्पेकमा शैक्षिक सुधार योजना(  विषयगत छलफल, परामर्श र अवधारणा निर्माण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

    वडा न.३ ठूलोलुम्पेकको संयोजनमा भएको उक्त कार्यक्रममार्फत समग्र ठूलोलुम्पेकको शैक्षिक उपलब्धि वृद्धिको निमित्त विभिन्न निति, योजना, उद्देश्य, लक्ष्य, कार्यक्रम र अवधारणा निर्माण गरिएको छ । 

    ५ वर्षभित्र ठूलोलुम्पेका प्रत्येक विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धि २.८ जिपिए (६०–७० अङ्क) प्राप्त गर्ने लक्ष्य निर्धारण गरिएको छ । उक्त कार्यक्रममा ठूलोलुम्पेकको सम्पूर्ण विद्यालयहरूको शैक्षिक, भौतिक, आर्थिक व्यवस्थापनका पक्ष, समस्या र समाधानको उपायहरूको विषयमा समेत गहन छलफल भएको बताइएको छ । 

    ठूलोलुम्पेकको सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्र.अ., शिक्षक, विद्यालय कर्मचारी र बाल विकास केन्द्रका शिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष जितु तरामु मगर, प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य निरमाया राना मगर र कार्यक्रमको सहजीकरण वडा सचीव नन्दलाल राहादी मगरले गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij