२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा गुल्मीको बैठक, जिल्ला सम्मेलन र...
--4602

नेकपा गुल्मीको बैठक, जिल्ला सम्मेलन र महाधिवेशन केन्द्रीत हुने निर्णय

नेकपा गुल्मीको बैठक, जिल्ला सम्मेलन र महाधिवेशन केन्द्रीत हुने निर्णय

सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • तम्घास । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको राजनीतिक अवसरवाद, सांगठनिक अराजकतावाद, विसर्जनवाद र पलायनवाद विरुद्ध निर्मम संघर्ष गर्ने निर्णय गरेको छ ।

    बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अपेक्षाले दलाल पुँजीवाद नेपाली श्रमिक जनताको प्रधान दुश्मन भएको भन्दै पार्टी र क्रान्तिविरुद्ध अनर्गल प्रचार गरिरहेको धर्मेन्द्र समूहको अराजकताविरुद्ध जनताले प्रतिवाद गर्ने बताउनुभयो । उहाँले जिल्लामा स्थानीयदेखि जिल्लासम्म पार्टी राजनीतिक वैचारिक एवं सांगठनिक रुपले शसक्त बन्दै गएको भन्दै स्थानीय जाली फटाहा, भ्रष्टाचारी, तस्करी, कालोबजारिया र लघुवित्तिय संस्थाहरुको ज्यादतीविरुद्ध निर्मम संघर्ष गर्ने बताउनुभयो । 

    बैठकले जिल्ला सम्मेलनलाई उत्सवको रुपमा मनाउने भन्दै सेल, वडा, गाउँ, नगर सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा सम्मेलन र महाधिवेशन केन्द्रीत कार्यक्रमहरु गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने जिल्ला सेक्रेटरी सुमनले बताउनुभयो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij