२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि...
--4600

पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर रु १९९ पुग्यो

पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर रु १९९ पुग्यो

सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • बुटवल । नेपाल आयल निगमले अहिले सम्मकै उच्च दरमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको छ ।

     निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

    यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । निगमले यती ठुलो मात्रमा एकै पटक मूल्यवृद्धि गरेको यो नै पहिलो पटक हो ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । एलपी ग्याँसको मुल्य भने हाललाई यथावत कायम राखिएको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij