बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले चर्को मुल्यवृद्वि र सार्वजनिक यातायातमा गरिएको भाडा वृद्विका विरुद्व बुटवलको रामनगरमा प्रदर्शन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी घोषणा गरेको प्रदर्शन अन्तर्गत बुटवलको रामनगरचोकमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता तथा २ नम्बर कमाण्ड इन्चार्ज हिमालले नेपाल सरकारले एमसीसी सम्झौता संसद बाट पारित गरेको तीन महिना मै अमेरिकी सेनालाई नेपाली भुमिमा प्रवेश गर्नको लागि उपयुक्त वातावरण बनाउन फेरि एसपिपि सम्झौता गर्न लागेको भन्दै यसकाविरुद्व नेकपा निरन्तर आन्दोलनलमा लाग्ने बताए ।
हिमालले अहिलेको जनविरोधी राज्यले जनतालाइ राहात र सौलियत दिनुको सट्टा जनताको ढाड सेक्ने गरी मूल्यवृद्वि गरेको बताए । उनले यो मूल्यवृद्विको आन्दोलन कुनै पार्टीको आन्दोलन मात्र नभइ सिंगो नेपाली जनताको जिवनसँग जोडिएको हुनाले सबै जनतालाइ यो आन्दोलनमा जोडिन समेत अनुरोध गरे ।
उनले जनताको आवाजलाइ कुल्चेर,दवाएर जनतामाथि गलत रवैया गरियो भने थप कडा आन्दोलन गर्ने बताए ।
कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्लाका नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको विरोध कार्यक्रमको सञ्चाल नेकपाका जिल्ला सदस्य राजु रसाइलिले गरेका थिए ।
